चर्चित सेयर बादशाह राकेश झुनझुनवालाको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चर्चित सेयर बादशाह राकेश झुनझुनवालाको निधन



काठमाडौ । चर्चित सेयर बादशाह राकेश झुनझुनवालाको निधन भएको छ ।

भारतीय वारेन बफेटका नामले समेत परिचित झुनझुनवालाको आइतबार ६२ वर्षको उमेरमा निधन भएको हो ।

आयकर विभागका अधिकारीका छोरा झुनझुनवाला भारतीय सेयर बजारमा बिग बुलको नामले चिनिन्छन् ।

झुनझुनवालको आइतबार बिहान उपचारको क्रममा अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

झुनझुनवालासँग ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थियो ।

प्रकाशित : २९ श्रावण २०७९, आईतवार १०:०३