सूर्या लाइफ इन्सुरेन्सको खुद नाफा ३२.७४ प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सूर्या लाइफ इन्सुरेन्सको खुद नाफा ३२.७४ प्रतिशतले घट्यो



काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सको खुद नाफा गत आर्थिक वर्षमा १३ करोड ४५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो बर्षको तुलनामा ३२.७४ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष यस इन्सुरेन्सले २० करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

गत आर्थिक बर्षमा खुद बिमा शुल्क आर्जन १८.६८ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष कम्पनीको बीमा शुल्क ४ अर्ब १४ करोड ६३ लाख रुपैंया थियो । असार मसान्तसम्म कम्पनीको जगेडा कोषमा ६६ करोड ५६ लाख रुपैयाँमा सीमित रहेको छ । जुन अघिल्लो बर्षको तुलनामा १२.७३ प्रतिशतले घटेको छ ।

जीवन बिमा कोषको आकार भने ३२.७८ प्रतिशतले बढेर १४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष जगेडा कोषमा ७६ करोड २७ लाख रुपैंया थियो ।

चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार रुपैयाँ रहेको छ । हाल सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्स मर्जरमा जाने तयारीमा छन्। कम्पनीको प्रतिसेयर आम्दानी गत आर्थिक बर्षसम्म आइपुग्दा ५ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा छ ।

प्रकाशित : २९ श्रावण २०७९, आईतवार ११:१०