इस्टर्न हाइड्रोपावरको आइपीओ भदौ ७ गतेदेखि निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

इस्टर्न हाइड्रोपावरको आइपीओ भदौ ७ गतेदेखि निष्काशन



काठमाडौं । इस्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले १०० सय अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

छिटोमा भदौ २१ गतेसम्म र ढीलोमा असोज ५ गतेसम्म आइपीओ खुला रहनेछ । उक्त आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २९ श्रावण २०७९, आईतवार १३:३९