नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । नेप्से २७.९२ अंकले घटेर दुई हजार १० दशमलब ०१ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ४.७३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७४ अंक घटेको छ।

त्यस्तै, गत साताको तुलनामा आज कारोबार रकममा भने सुधार देखिएको छ। नेप्सेमा १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबार भएका कम्पनीहरुमध्ये १८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६२ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, तीन कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये नेप्सेमा आज अपर हेवाखोला हाईड्रोपावर कम्पनीको शेयर ८.१० प्रतिशतले बढेर प्रतिकित्ता १५४.८० रुपैंया पुगेको छ।

नेप्सेका अनुसार आज गुरास लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर सर्वाधिक घटेको छ । यस कम्पनीको शेयरमुल्य आज ७ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रीलरी लिमिटेडको भएको छ । यसको आज १६ करोड ५३ लाख ९६ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २९ श्रावण २०७९, आईतवार १५:२७