अभियान लघुवित्तको आईपीओ बाँडफाँट मिति तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

अभियान लघुवित्तको आईपीओ बाँडफाँट मिति तय



काठमाडौं । अभियान लघुवित्तले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले आफ्नै कार्यालयमा सोमबार बिहान ८ बजे शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको थियो। कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गरेको थियो ।

जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएकोथियो । बाँकि रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।

प्रकाशित : २९ श्रावण २०७९, आईतवार १५:४६