तीज गीतम ‘मेरो राजा’ सार्बजनिक(भिडियो) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

तीज गीतम ‘मेरो राजा’ सार्बजनिक(भिडियो)



काठमाडौं । सुवासचन्द्र ढुङ्गेलद्वारा रचित तीज गीत ‘मेरो राजा’ चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खडकाले सार्बजनिक गरेका छन्।
बुनु श्रेष्ठ र रितु कंडेलको स्वर रहेको गीतमा बिनोदराज ढुङ्गेलको सङीत रहेको छ । गम्भीर बिस्टको निर्देशन रहेको सो म्युजिक भिडिओ अन्य भन्दा फरक रहेको सो कार्यक्रमका वक्ता एवम भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रबिन शाहीले बताए ।

तीजको यो गीतले महिलाले चाहेमा भ्रष्टाचार नियन्त्रणमा ठुलो भुमिका खेल्न सक्ने सन्देश दिएको उनले बताए ।
कार्यक्रममा अल्बर्ट बज्राचार्य, गायिका बुनु श्रेष्ठ, निर्देशक गम्भीर बिस्ट, शम्भु राजभण्डारी, बिनोदराज ढुङ्गेल लगाएतले फरक शैलीको यो तीज गीतको छुट्टै महत्व रहेको बताएका थिए। गीत रचनाकार सुवासचन्द्र ढुङ्गेलको यु ट्युब च्यानल सुवासचन्द्र ढुंगेल अफिसिएलबाट सार्बजनिक गरिएको हो ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार ०६:२६