अभियान लघुवित्तको आइपीओ बाँडफाँट , कतिले पाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अभियान लघुवित्तको आइपीओ बाँडफाँट , कतिले पाए ?



काठमाडौं । अभियान लघुवित्तको आइपीओ सोमबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको आफ्नै कार्यालय नक्साल काठमाडौंमा बाँडफाँट भएको हो ।

गोलाप्रथामार्फत कुल ९१ हजार ३७५ जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन्। यो आइपीओमा १९ लाख ८० हजार ९७० जनाले आवेदन दिएकामा २ हजार ३७६ जनाको आवेदन रद्द भएको छ ।

अभियानले साउन १८ गतेदेखि २२ गतेसम्म कुल ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, अभियान लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार १०:४८