नेपाल टेलिकमको खुद नाफा १७‍.५४ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपाल टेलिकमको खुद नाफा १७‍.५४ प्रतिशतले बढ्यो



काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा अघिल्लो वर्षको भन्दा १७‍.५४ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले ७ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको थियो ।

असार मसान्तसम्ममा कम्पनीको कुल आम्दानी भने ५ प्रतिशतले बढेर ४४ अर्ब ३२ करोड १३ लाख रुपैंया पुगेको छ। त्यसैगरी गत आर्थिक बर्षमा कम्पनीको सेवा व्यापारबाट गर्ने आम्दानी ५.४४ प्रतिशतले बढेर ३७ अर्ब ८८ करोड ९९ लाख रुपैंया पुगेको छ भने अन्य आम्दानी २.५१ प्रतिशतले बढेर ६ अर्ब ४३ करोड रुपैयाँ कायम भएको छ ।

गत आर्थिक बर्षमा कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको जगेडा कोषको रकम ३.१९ प्रतिशतले बढेर ७७ अर्ब ६ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि ३९ रुपैयाँ ६१ पैसाबाट बढेर ४६ रुपैयाँ ५६ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५२८ रुपैयाँ १३ पैसा छ ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार ११:०९