भदौ महिनामा पनि ब्याजदर नबढाउने बैकर्स संघकाे निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

भदौ महिनामा पनि ब्याजदर नबढाउने बैकर्स संघकाे निर्णय



काठमाडौं । नेपाल बैकर्स संघले भदौ महिनामा संस्थागत निक्षेपकर्ताको ब्याजदर नबढाउने भएका छन् । संघले व्यक्तिगत मुद्दतीमा हाल कै ब्याजलाई निरन्तरता दिने र संस्थागत मुद्दती निक्षेपको ब्याज घटाउने निर्णय गरेको हो ।

संघको कार्यसमितिको सोमबार बसेको बैठकले व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर ११.३ प्रतिशत राख्ने र संस्थागतको ९.०३ प्रतिशत राख्ने निर्णय गरेको छ।

राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने ब्यबस्था गरेको थियो। यस अघिसम्म यो अन्तर १ प्रतिशत बिन्दुले कम हुनु पर्ने ब्यबस्था थियो ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार १३:१३