अाजदेखि विदेश जानेको पूर्वश्रम स्वीकृति अनलाइनबाट



काठमाडौं ३ पुस  । वैदेशिक रोजगार विभागले भोलिदेखि अनलाइन सिस्टमबाटै वैदेशिक रोजगारीमा जानेको पूर्व श्रम स्वीकृतिको प्रक्रिया सुरुवात गर्ने भएको छ । म्यानपावरहरूले लिने पूर्व श्रम स्वीकृतिको अनलाइनबाट बुझ्न सुरु गर्ने विभागका काठमाडाै कार्यालय प्रमुख कृष्ण दवाडी जानकारी दिए।

विभागले ब्यवक्तगत श्रम स्वीकृति र रि-इन्ट्रीको आवेदनलाई माघदेखि अनलाइनमा लैजाने बताएको छ । अहिले संस्थागतमा मात्रै अनलाइमा लैजाँदा कामदारलाई खासै सुविधा पुग्ने छैन ।

ब्यक्तिगत अनलाइन सिस्टम सुरु भएपछि श्रम इजाजतको प्रक्रियाका लागि कामदारलाई एउटै कामका लागि बारम्बार काठमाडौंको तहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा पुग्नुपर्ने छैन । श्रमका लागि उपत्यका र उपत्यकाबाहिरका जुनसुकै ठाउँबाट पनि अनलाइन आवदेन गर्न सकिनेछ ।

विभागले यो सिस्टमलाई ‘फरेन इम्प्लोयमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ (एर्फइआईएमएस) नाम दिएको छ । यो सिस्टमबाट पहिलो चरणमा संस्थागत रुपमा विदेश जान लागेका युवाको कागजी दस्ताबेज अनलाइनमा बुझ्नेछ ।

यो प्रक्रिया थालेपछि म्यानपावरले सीधै पूर्व श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिनेछन् ।

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

राष्ट्र उत्थान लघुवित्तले बोलायो साधारणसभा, एफपिओ निष्कासन गर्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ

गरिमा विकास बैंकद्धारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक

काठमाडाै । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास

सुनको मूल्य घट्यो

काठमाडाै । सुनको मूल्यमा गिरावट आएको छ । हिजो (बुधबार) तोलाको ८९ हजार