नेप्सेमा दोहोरो अंकको बृद्धि, २ अर्ब ४३ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको बृद्धि, २ अर्ब ४३ करोडकाे काराेबार



काठमाडौं । केहि दिन देखि निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार भने दोहोरो अंकले बढेको छ । नेप्से ५५.८८ अंकले बढेर दुई हजार ६५ दशमलब ८९ विन्दुमा पुगेर रोकिएको हो ।

आज सेन्सेटिभ इण्डेक्स ११.२३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ३.४६ अंक बढेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि उच्च बृद्धि भएको छ। आज नेप्सेमा २ अर्ब ४३ करोड २९ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन नेप्सेमा १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार रुपैंयाको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीहरुमध्ये १८० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ ।यसमध्ये ७ कम्पनीको शेयरमूल्य आज सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

जसमा श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिपर्पाेज फाइनान्स कम्पनी र राधी विद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने, रिभर फल्स पावर लिमिटेड, पञ्चकन्या माई हाईड्रोपावर, अप्पर हेवाखोला हाईड्रोपावर, राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था, हिमालय उर्जा विकास कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी,गोर्खाज फाइनान्स कम्पनी, आईसीएफसी फाइनान्स, युनिर्भसल पावर कम्पनी र दोर्दीखोला जलविद्युत कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार आज रिडी पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज २१ करोड २ लाख ५२ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार १५:२६