नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन



काठमाडौं । उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपालिकास्थित सपहीका स्थायीबासी ८ वर्षीय बालक विजय महतोलाई उपचारमा सहुलियतसँगै पूर्ण रुपमा निको बनाई घर पठाएको हो ।

आर्थिक अवस्था अत्यन्त कमजोर रहेका ८ वर्षीय बालकको पेटको अगाडिको भागको मांसपेशीमा एक्कासी पिप जम्मा भएको थियो । उनका बुबा शिवशरण महतोका अनुसार जनकपुरका अस्पतालमा देखाउँदा त्यहाँका चिकित्सकले उपचार गर्न नसक्ने बताएपछि बालकलाई काठमाण्डौ ल्याइएको थियो । आर्थिक अवस्था कमजोर रहेका कारण राम्रो अस्पताल लैजानसक्ने अवस्था आफ्नो नरहेको, तर आफू नर्भिकमा आएर कुरा गर्दा उपचारमा सहुलियतसँगै राम्रो उपचार सुविधा पाएको बताए ।

‘नर्भिकले उपचार खर्चमा समेत निकै छुट दिएर म जस्तो गरीबलाई गुण लगाएको छ ।’ महतोले भने–‘उपचारमा संलग्न डा. अभय यादवले समेत हामीलाई छुट दिनुभयो । उहाँहरुकै सहयोगले आज मेरो छोरा ठीक भएको छ ।’

पेटको मांसपेशीमा जमेको पिप र त्यसको पीडाका कारण नर्भिक आउँदा विजय महतो हिँड्नसक्ने अवस्थामा थिएनन् । उपचार गरेर निकै ठीक भएपछि घर फर्किनुअघि सोमबार उनी ठमठमी हिँड्नसक्ने भएका थिए ।

नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीको निर्देशनमा बालकको उपचार व्यवस्था मिलाइएको थियो । डा. अभय यादव नेतृत्वको टिमले महतोको उपचार गरेको थियो ।
यादव नेतृत्वको टिममा सहभागी चिकित्सक डा. सुशील कायस्थले गम्भीर अवस्थाका बालकले उपचारपछि नयाँ जीवन पाएका बताए । इन्फेक्सनका कारण बालकको अवस्था निकै गम्भीर बनेको स्मरण गर्दै उनले भने–‘बेलैमा उपचार भएको थिएन भने अवस्था निकै गम्भीर बन्नसक्थ्यो । उपचारपछि अहिले उनको अवस्था निकै राम्रो भएको छ । तर ती बालकले एन्टीबायोटिक चाहिँ निकै लामो समयसम्म खानुपर्ने हुन्छ ।’

नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले अस्पतालले संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत बर्षेनी गरीब र निमुखा नागरिकहरुको उद्धार गरी निःशुल्क उपचार सेवा दिंदै आएको बताइन् । आगामी दिनमा पनि अस्पतालले खर्चकै अभावमा उपचार गर्न नसक्नेहरुलाई सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार १५:४६