वाणिज्य बैंकहरुको निक्षेप संकलन २५ अर्बले घट्यो, कर्जा लगानी भने बढ्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

वाणिज्य बैंकहरुको निक्षेप संकलन २५ अर्बले घट्यो, कर्जा लगानी भने बढ्दै



काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन घट्ने क्रम जारी रहेको छ । नेपाल बैंकर्स संघका अनुसार साउन २७ गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप संकलन २५ अर्ब रुपैयाँले घटेर ४४ खर्ब २१ अर्ब रुपैयाँमा सिमित रहेको हो ।

गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो। तथ्यांकअनुसार साउनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँ, दोस्रो साता २८ अर्ब रुपैयाँ, तेस्रो साता ४ अर्ब रुपैयाँ र चौथो साता २५ अर्ब रुपैयाँले घटेको छ।

यसैगरी यता वाणिज्य बैंकहरुको कर्जा लगानी भने असार मसान्तको तुलनामा साउन चौथो सातासम्म स्थिर रहेको देखिन्छ। साउन २७ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ।

जुन गत असार मसान्तमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो। साउनको तेस्रो साताको तुलनामा चौथो साता भने कर्जा लगानी ९ अर्ब रुपैयाँले बढेको छ। गत साउन २० गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँमा रहेको थियो। साउन २७ गतेसम्म ९ अर्ब रुपैयाँले बढेर कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ।

यता बाणिज्य बैंकहरुको औसत सीडी रेसियो पनि बढ्न थालेको देखिएको छ। गत साउन २० गतेसम्म सीडी रेसियो ८७.६९ प्रतिशत रहेकोमा साउन २७ गतेसम्म बढेर ८८.३५ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार १६:२५