राष्ट्र बैंकद्वारा क्रिप्टोकरेन्सी जस्ता गैर कानुनी कारोबारमा लगानी नगर्न आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकद्वारा क्रिप्टोकरेन्सी जस्ता गैर कानुनी कारोबारमा लगानी नगर्न आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड जस्ता गैर कानुनी कारोबारमा लगानी नगर्न आग्रह गरेको छ । बैंकले सोमबार एक सुचना जारी गर्दै सो सम्बन्धि कारोबार गैरकानुनी रहेको भन्दै यसमा लगानी नर्गन आग्रह गरेको छ ।

बैंकले नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा दर्ता भई नेपालबाहिर रहेका फर्म, कम्पनी संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यलय तथा एजेन्सिहरुले कुनै पनि भर्चुअल करेन्सी,क्रिप्टोकरेन्सी पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फण्डको कारोबार गर्ने गराइने गरेको पाइएमा संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धि कार्य गर्ने वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ जनाएको छ ।

यस्ता संस्थाले कानुनी मान्यता नपाएको, सरकारको जमानत प्राप्त नभएको र बैक लगाएत अन्य ठाउँबाटपनि सुरक्षा नभएकोले गैरकानुनी रहेको उल्लेख छ । साथै, यस्ता उपकरणमा लगानी गर्दा विभिन्न जोखिमा बढ्ने र पुँजी पलाएन हुने भन्दै सचेत गराएको हो ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार १७:२३