वर्ल्डलिंकले ल्यायो सस्तोमा अनलिमिटेड इन्टरनेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वर्ल्डलिंकले ल्यायो सस्तोमा अनलिमिटेड इन्टरनेट



काठमाडौं, ३ पुस ।  वर्ल्डलिंक कम्युनिकेसन्सले २ एमबिपिएस गतिको इन्टरनेट सस्तोमा उपलब्ध गराउने भएको छ । कम्पनीले २ एमपिएस अनलिमिटेड प्लान ११५० रुपैयाँमा उपलब्ध गराउने भएको हो ।ग्राहकले यस्तो प्लान १ वर्षको खरिद गर्दा जडान खर्चमा छुटका साथै निशुल्क फाइबर राउटर प्राप्त गर्ने छन् ।

यस्तै वल्र्ड लिंकले इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेवामा समेत अफर ल्याएको छ । इन्टरनेटको माध्यमबाट सबै प्रकारको टिभी हेर्न सकिने नयाँ प्रकारको सुविधा उपलब्ध गराउँदै आएको वल्र्डलिंकले १ महिनाको आइपिटिभी सेवा खरिद गर्ने नयाँ ग्राहकहरुलाई थप दुई महिना निशुल्क सेवा उपलब्ध गराउने भएको छ ।

यसरी ग्राहकले १ महिनको सेवा सुल्क तिरेर ३ महिना टिभी हेर्न पाउने छन् । यस सेवामा ग्राहकले १ महिनाको ४ सय ५० रुपैयाँ शुल्क तिर्नु पर्ने छ ।

प्रकाशित : ३ पुष २०७३, आईतवार ०३:३०