ज्योति लाइफ इन्स्याेरेन्सको खुद नाफा ८३.९८ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

ज्योति लाइफ इन्स्याेरेन्सको खुद नाफा ८३.९८ प्रतिशतले बढ्यो



काठमाडौं । ज्योति लाइफ इन्स्याेरेन्सकाे गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा खुद नाफा ८३.९८ प्रतिशतले बढेर २३ करोड ९१ लाख ९७ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवको तुलनामा खुद नाफा ८३.९८ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले १३ करोड १४ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवमा इन्स्योरेन्सले ३ अर्ब ६२ करोड ६० हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । यो अघिल्लो बर्षको तुलनामा २०.६३ प्रतिशतले बढी हो । इन्स्योरेन्सले अघिल्लो बर्ष ३ अर्ब १० लाख २ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ५० करोड ५५ लाख ११ हजार रूपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ६ करोड ३४ लाख ५३ हजार रूपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४२ करोड रूपैयाँ रहेको छ । त्यसैगरी, जगेडा कोषमा ७७ करोड ५० लाख ८२ हजार रूपैयाँ जम्मा भएको छ भने महाविपत्ति जगेडा कोषमा ११ करोड १८ लाख ५१ हजार रूपैयाँ सञ्चित छ ।

यस्तै, इन्स्योरेन्सको जीवन बीमा कोषमा ६ अर्ब ३४ करोड ६२ लाख ४० हजार रूपैयाँ पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ५९.१३ प्रशितले धरै हो । अघिल्लो बर्ष जीवन बीमा कोषमा ३ अर्ब ९८ करोड ८१ लाख रुपैंया रहेको थियो ।

गत आवमा कम्पनीले बीमा दाबीवापत ३८ करोड ५४ लाख ६८ हजार रूपैयाँ भुक्तानी गरेको छ । कम्पनीको प्रति सेयर नेटवर्थ १३६.६५ रूपैयाँ छ भने वार्षिक प्रति सेयर आम्दानी ९.८८ रूपैयाँ छ ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलवार १२:३३