नेशनल लाइफ इन्स्योरेन्सको खुद बिमा शुल्क १७.८८ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेशनल लाइफ इन्स्योरेन्सको खुद बिमा शुल्क १७.८८ प्रतिशतले बढ्यो



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ४० करोड ८८ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो बर्षको तुलनामा खुद नाफा १.९१ प्रतिशतले बढेको हो ।अघिल्लो वर्ष यस इन्स्योरेन्सले ४० करोड १२ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवमा इन्स्योरेन्सको खुद बीमा शुल्क १७.८८ प्रतिशतले बढेर १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष यसले १२ अर्ब ११ करोड ७३ लाख रुपैंया संकलन गरेको थियो । इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको तुलनामा १९ प्रतिशतले बढेको छ ।

गत आवसम्म इन्स्योरेन्सको जगेडा कोषमा रहेकाे रकम ६६ करोड ७१ लाख रुपैयाँमा झरेको छ। जुन अघिल्लो बर्षको तुलनामा २४.४० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यसको जगेडा कोषमा ८८ करोड २४ लाख रुपैयाँ रहेको थियो ।

जीवन बीमा कोषको आकार भने २०.५८ प्रतिशतले बढेर ५१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बीमा कोष ४२ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो ।असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ १३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ १९ पैसा छ ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलवार १२:५७