सरकारी कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सरकारी कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक



काठमाडौं । अर्थमन्त्रालयले सरकारी कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए । सोही अनुरुप सोमबार मन्त्रालयले नयाँ तलबमान सार्वजनिक गरेको हो ।

साउन २६ गते बसेको मन्त्रिपरिषदको बैठकले कर्मचारीको तलब बढाउने निर्णय गरेसंगै २०७९ साउन १ देखि लागु हुने गरी निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि तलब बढेको हो।

यस्तै प्राविधिक ग्रेडका सम्बन्धमा मन्त्रिपरिषदको २०७६ माघ २७ गतेको निर्णय अनुसार व्यवस्था बमोजिम २०७९ साउन १ गतेभन्दा अगाडि नियुक्त भएका प्राविधिक कर्मचारीहरुको हकमा २०७९ साउन १ गतेबाट वृद्धि भएको तलब समावेश गरी एक दिनको तलब बराबरको १ ग्रेडको दरले हुने प्राविधिक २ ग्रेड वापतको रकम उपलब्ध गराउनेछ।

मन्त्रालयले सार्वजनिक गरेको तलब अनुसार सबैभन्दा धेरै तलब नेपाल सरकारका मुख्य सचिवको ७७ हजार २११ रुपैयाँ र सबैभन्दा कम प्रथमस्तरको कार्यालय सहयोगीको तलब २४ हजार ७०२ पुगेको छ । यस्तै नेपाली सेनाका प्रधानसेनापतिको तलब समेत मुख्य सचिव बराबर नै छ ।

यस्तै, नेपाल सरकारका सचिवको तलब ७२ हजार २ रुपैयाँ, सहसचिवको तलब ५६ हजार ७८७, उपसचिवको तलब ४ हजार ७३७, शाखा अधिकृतको तलब ४३ हजार ६८९ रुपैयाँ पुगेको छ । यस्तै निजामती सेवामा सुब्बाको तलब ३४ हजार ७३० रुपैयाँ, खरिदारको तलब ३२ हजार ८५६ रुपैयाँ पुगेको छ ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलवार १३:२७