नेफ्स्कूनद्वारा पुरस्कृत तथा सम्मानित हुने यी हुन उत्कृष्टहरु(नामावलीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेफ्स्कूनद्वारा पुरस्कृत तथा सम्मानित हुने यी हुन उत्कृष्टहरु(नामावलीसहित)



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सहकारी अभियानमा उत्कृष्ट भूमिका निर्वाह गर्ने विभिन्न संस्था, अग्रज तथा व्यक्तिहरुलाई पुरस्कृत गरेको छ । नेफ्स्कुनले आफ्नो ३५औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौं विशेष समारोहको आयोजना गर्दै सम्मान तथा पुरस्कृत गरेको हो ।

नेफ्स्कुनद्वारा २०७९ असार १५ गते प्रकाशित सम्मान तथा पुरस्कार सम्बन्धी आवेदनका आधारमा प्राप्त ११० वटा आवेदनका आधारमा पुरस्कृतहरुको सूची तयार गरेको थियो । नेफ्स्कुनका पूर्वअध्यक्ष डिबी बस्नेतको संयोजकत्वमा बनेको सम्मान तथा पुरस्कार छनोट समितिले उत्कृष्टहरुको नाम स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको हो । उक्त पुरस्कार नेफ्स्कुनको आगामी साधारण सभामा वितरण गरिने बस्नेतले जानकारी दिए ।

पुरस्कृत हुनेहरुमा सातै प्रदेशका साकोसहरु, उत्कृष्ट कर्मचारी, उत्कृष्ट व्यवस्थापक, विद्यावारिधी गर्ने विद्यार्थी, उत्कृष्ट पत्रकार, संस्थापक अध्यक्षलगायत विभिन्न व्यक्तिहरुको नाम सार्वजनिक गरिएको थियो ।

संघले संस्थापक अध्यक्ष पुरस्कार नारी सेवा साकोसका अध्यक्ष सहना पसखल र इन्द्रग्राम पुर्नमिलन साकोसका पूर्व अध्यक्ष धनप्रसाद श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरेको छ । यस्तै नेफ्स्कून सर्वोत्कृष्ट संस्था सम्मान वर्दघाट सुस्ता नवलपरासीको ग्रामीण साकोस र नेफ्स्कून सर्वोत्कृष्ट महिला संस्था सम्मान बछ्यौली नारी चेतना साकोस चितवनलाई प्रदान गर्ने घोषणा भएको छ ।

यस्तै उत्कृष्ट व्यवस्थापक सम्मान बिन्धवासिनी साकोसका खिलबहादुर लामा स्यांतान (केबी लामा), उत्कृष्ट कर्मचारी सम्मान प्रेमनाथ वाग्ले र रुपन्देही फिल्ड कार्यालयका फिल्ड कार्यालय इन्चार्ज छत्रप्रसाद जैशी (धमला) लाई प्रदान गर्ने भएको छ ।

प्रदेशस्तरीय उत्कृष्ट साकोसमा प्रदेश नं. १ बाट मोरङको लेटाङ, मधेसबाट रौटहतको संकल्प साकोस, बाग्मतीबाट काभ्रेको चण्डेश्वरी, गण्डकीबाट गोरखाको सप्तकोशी, लुम्विनीबाट पाल्पाको अन्धकार मुक्ती, कर्णालीबाट सुर्खेतको समाज कल्याण र सुदूरश्चिमबाट कैलालीको एकता प्रगतीशिल साकोस सम्मानित हुनेछन् ।

त्यस्तै प्रदेश नं. १ उत्कृष्ट व्यवस्थापकमा दाम्रा भिट्टा साकोस मोरङका सोमनाथ अर्याल, मधेसमा स्वस्तिक साकोस सर्लाहीका विनोदकुमार थापा, बाग्मतीबाट सामूहिक साकोस, भक्तपुरका कविन्द्र धौबन्जार सम्मानित घोषणा भएका छन् ।

त्यस्तै गण्डकी प्रदेश उत्कृष्ट व्यवस्थापकमा मध्यनेपाल साकोस नवलपुरका नरभुपाल भुसाल, लुम्विनीमा सिको साकोस बर्दियाका हरीहर पौडेल, कर्णालीमा जनकल्याण साकोस सुर्खेतका खुमलाल न्यौपाने, सुदुरपश्चिममा जनकल्याण साकोस कैलालीका छविलाल जैशीलाई दिने घोषणा गरिएको छ ।

नेफ्स्कून अग्रज व्यक्तित्व सम्मानबाट इलामकी सीता भट्टराई, सिन्धुलीका महेन्द्रप्रसाद ढकाल सम्मानित हुने नेफ्स्कूनले घोषणा गरेको छ । उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघबाट सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघ नेफ्स्कून विद्धता पुरस्कारबाट काठमाडौंका देशमर्दन बस्न्यात, नेफ्स्कून पत्रकारिता पुरस्कारबाट नेपालपत्र न्यूजका सम्पादक माधवकुमार खड्का सम्मानित हुने भएका छन् ।

नेफ्स्कून प्रतिभा पुरस्कारबाट प्रकाश भुर्तेल,साकोस अभियानमा एकीकरणमा उत्कृष्ट सहकारीमा बर्दियाको हाम्रो मध्यावति साकोस पुरस्कृत भएको बस्नेतले घोषणा गरे ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलवार १५:०४