सहकारीको चर्को ब्याजबाट मन्त्री नै पीडित, सार्वजनिक गरिन ठगिएको घट्नाक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

सहकारी

सहकारीको चर्को ब्याजबाट मन्त्री नै पीडित, सार्वजनिक गरिन ठगिएको घट्नाक्रम



काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाहरुले चर्को व्याज असुलिरहेको गुनासो सार्वजनिक भइरहँदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ चर्को व्याजबाट आफैं पीडित हुनुपरेको घट्ना सार्वजनिक गरेकी छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को ३५औं स्थापना दिवसका अवसरमा मन्त्रीले सहकारीले आफूबाट २३ प्रतिशत ब्याज असुलेर ठगी गरेको घट्ना सुनाएकी हुन् ।

उनले घट्नाक्रम भनिन्,‘म आफैं पनि बचत तथा ऋण सहकारीबाट पीडित व्यक्ति हुँ । कतिसम्म भने लिलामणी दाई र शशी दिदी सेवाको राजनीति गर्ने, निष्ठाको राजनीति गर्ने तपाइँहरुलाई यति छुट भनियो । समस्या पर्यो व्यवहार चलाउन, ऋण लिनै पर्यो । धितो राख्न समस्या छ तर निश्चय नै सहकारी सजिलो छ । सहकारीबाट ऋण लिएर केही व्यवहार सुल्झाउँ भन्दा मैंले २३ प्रतिशत भन्दा बढी व्याज तिरेको छु । कहाँ छ यस्तो व्यवस्था ? यो मेरो आफ्नो जीवनको भोगाइ हो ?’ चर्को व्याज असुली गर्ने संस्थाको नाम भने उनले सार्वजनिक गरिनन् ।

मन्त्री श्रेष्ठले सहकारीहरु जुन सिद्धान्त र उद्देश्यका साथ खोलिएका हुन त्यो पुरा नगरेको गुनासो गरिन् । सहकारीको प्रवद्र्धन गर्न आफू दृढ रहेको सुनाउँदै उनले सहकारीहरु र अभियन्ताहरु गैरजिम्मेवारीपूर्वक रुपमा हिडेको आरोप समेत लगाइन । आफूले सहकारीबाट पीडा व्यवहोरेकाले आम नागरिकले ठगिनुनपरोस भन्ने कामना गरिन । नियामक नियकायले यस्ता गलत प्रबृद्धिहरुलाई रोक्न कडाइका साथ लाग्न आग्रह गरिन ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलवार १४:२१