बुद्ध एयरको मोबाइल एप सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बुद्ध एयरको मोबाइल एप सार्वजनिक



काठमाडाै ३ पुस । प्रविधिलाई आत्मसाथ गर्दै बुद्ध एयरले मोबाइल एप सार्वजनिक गरेको छ । गुगल प्लेस्टोर र एप स्टोर दुबै प्रयोगकर्ताहरुलाई लक्षित गर्दै उक्त मोबाइल एप सार्वजनिक गरिएको हो । बुद्ध एयर एपको रुपमा आएको उक्त एपबाट प्रयोगकर्ताहरुले बुद्ध एयर सम्बन्धी धेरै जानकारीहरु प्राप्त गर्नुका साथै अनलाईनबाट टिकट बुकिङ समेत गर्न सकिन्छ ।

उक्त एपमा मुख्य ६ वटा भागहरु रहेका छन् । एपमा रहेको पहिलो भागमा रहेको बुक अ पफ्लाइटमा गएर प्रयोगकर्ताहरु आफु जान चाहेको गन्तब्य रोजेर टिकट बुक गर्न सकिन्छ साथै आफुले रोजेको समयमा टिकट उपलब्ध छ या छैन त्यसको बारेमा पनि थाहा पाउन सकिन्छ ।

एपको दोस्रो भागमा रहेको फ्लाईट स्ट्याटसबाट फ्लाईट डिले या क्यान्सिल भएको जानकारी पाउन सकिन्छ । यदि ग्राहकहरु रोयल क्लबको सदस्य भएको खण्डमा कति माइलेज अंक हाँसिल गर्यो त्यो समेत थाहा पाउन सकिन्छ । रिजर्भ फ्लाईमा गएर ग्राहकहरुले आफुले बुक तथा रिजर्भ गरेका सुचनाहरुको जानकारी थाहा पाउन सकिन्छ । साथै बुद्ध एयरको बारेमा अझै जानकारी थाहा पाउनको लागि यात्राका संस्करणको बारेमा पनि उक्त एपबाटै थाहा पाउन सकिन्छ ।

प्रकाशित : ३ पुष २०७३, आईतवार ०९:५४