नेप्सेमा झिनो सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा झिनो सुधार



काठमाडौ, ३ पुुस । साताको पहिलो दिन आईतबार नेप्सेमा झिनो सुधार देखिएको छ । नेप्से आज एक दसमलव २९ अंकले बढेर १५ सय ३१ दसमलव ३५ अंकमा कायम रहेको छ ।

नेप्से सेन्सिटिभ पनि आज शुन्य दसमलव ३१ अंकले बढेर तीन सय ३१ दसमलव ३१ अंकमा कायम रहेको छ । कुुल एक सय ३३ कम्पनीहरुको चार हजार दुुई सय २६ वटा कारोवारमा सात लाख ५२ हजार चार सय ६३ कित्ता सेयर खरिद बिक्री भएकोमा ५२ करोड २० लाख २२ हजार छ सय ९६ रुपैयाँको कारोवार भएको छ ।

आज आठ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको कारोवार घटेर तीन वटा समुहको कारोवार बढेको छ । उच्च अंंंकले बढेको बीमा समुहको सुचक ७२ दसमलव ९१ अंकले बढेर सात हजरा तीन सय ७५ दसमलव २९ अंंकमा कायम रहेकोमा १० करोड ८३ लाख २६ हजार रुपैयाँको कारोवार भएको छ  ।

होटल समुहको सुचकमा नौ दसमलव शुुधार देखिएको छ भने अन्य समुहको सुचकमा दुुई दसमलव ८९ अंकले सुधार आएको छ । आज सबैभन्दा बढी गुुमाउने समुहको सुचीमा परेको  जलबिद्युुत समुहको कारोवार १३ दसमलव ३५ अंकले घटेर १८ सय ४७ दसमलव ३६ अंकमा कायम रहेकोमा दुुई करोड १९ लाख ७२ हजार छ सय रुपैयाँको कारोवार भएको छ ।

यसैगरी बाँणिज्य बैक समुहको सचुक पनि आज शुन्य दसमलव नौं अंकले घटेर १४ सय ६० दसमलव ९६ अंकमा कायम रहेकोमा ३४ करोड ११ लाख ५८ हजार रुपैयाँको कारोवार भएको छ । आज बिकास बैक फाईनान्स र उत्पादनमुलक समुहको सुचक पनि सामान्य अंकले घटेको छ । यसैगरी आज बढी कमाउने कम्पनीको सुचीमा अल्पाईन डेभलपमेन्ट बैक, बढी गुुमाउने कम्पनीको सुचीमा प्रोग्रेसिभ फाईनान्स तथा रकम कारोवारका आधारमा एभरेष्ट बैक अग्रस्थानमा परेको छ ।

प्रकाशित : ३ पुष २०७३, आईतवार ११:५३