धितोपत्र बोर्डद्धारा पूँजी बजार सम्बन्धी जनचेतना सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

धितोपत्र बोर्डद्धारा पूँजी बजार सम्बन्धी जनचेतना सञ्चालन



काठमाडौं  ३ पुस । नेपाल धितोपत्र बोर्डले कालिकोट उद्योग वाणिज्य संघसँगको सहकार्यमा कर्णालीको कालिकोटस्थित मान्म बजारमा पूँजीबजार सम्बन्धी जनचेतना अभिवृद्धि तथा अन्तर्क्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख अतिथि कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले यस्तो कार्यक्रमले कर्णाली अञ्चलमा पनि पूँजी बजारसम्बन्धी जनचेतना बढ्ने विचार व्यक्त गरे ।

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले काठमाडौं केन्द्रित पूँजीबजारलाई देशव्यापी वनाउन तथा यस सम्बन्धी जनचेतना बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै यसका लागि वोर्डले विभिन्न कार्य तथा नीतिगत सुधारहरु गरिरहेको जानकारी दिए । उनले पूँजी बजारमार्फत कर्णाली अञ्चलको पर्यटन, जलस्रोत तथा जडिवुटी उद्योगधन्दाको विकास गरी समग्र देशको रोजगारी तथा राजस्व बृद्धि गरेर आर्थिक विकास गर्न सहयोग पुर्याउने वताए ।

कार्यक्रमका संघका अध्यक्ष सूर्यबहादुर शाहीले वोर्डसँग संयुक्त आयोजनामा कर्णाली अञ्चलमै पहिलो पटक पूँजी बजारसम्बन्धी यस्तो कार्यक्रम संचालन गर्न पाएकोमा आभार व्यक्त गर्दे यस कार्यक्रमबाट स्थानीय व्यवसायी तथा लगानीकर्ता लाभान्वित भएको बताए ।

बोर्डका उपनिर्देशक अम्बिकाप्रसाद गिरीले पूँजीबजार सम्वन्धी विविध पक्षहरुको वारेमा कार्यपत्र पेश गरेका थिए । कार्यक्रममा स्थानीय सरकारी निकायका पदाधिकारीहरु, कालिकोट उद्योग वाणिज्य संघका पदाधिकारी, शिक्षक,  विद्यार्थी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणसमेतको ठूलो संख्यामा सहभागिता  थियो ।  हालै यस्तो कार्यक्रम क्षेत्रिय सदरमुकाम सुर्खेतको विरेन्द्रनगरमा पनि आयोजना गरिएको थियो ।

प्रकाशित : ३ पुष २०७३, आईतवार १२:३२