नेफ्स्कून पत्रकारिता पुरस्कार माधवकुमार खड्कालाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

सहकारी

नेफ्स्कून पत्रकारिता पुरस्कार माधवकुमार खड्कालाई



काठमाडाैं । नेफ्स्कुनले हरेक वर्ष प्रदान गर्दै आएको नेफ्स्कुन पत्रकारिता पुरस्कार यस वर्ष नेपालपत्रन्यूज डटकमका सम्पादक माधवकुमार खड्कालाई प्रदान गर्ने घोषणा गरेको छ ।

नेफ्स्कुनको ३५औं स्थापना दिवसको अवसरमा आज आयोजित औपचारिक कार्यक्रममा सो पुरस्कार घोषणा गरेको हो । नेफ्स्कुनका पुरस्कार उपसमिति संयोजक एवं निवर्तमान अध्यक्ष डिबी बस्नेतले घोषणा गरेका हुन् । स्थापना दिवसमा घोषणा गरिएको पुरस्कार वार्षिक साधारणसभाका दिन प्रदान गरिने नेफ्स्कुनले जनाएको छ ।

विगत एक दशकदेखि पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रका विविध विषयवस्तु खड्काले कलम चलाउँदै आएका छन् । सहकारी अभियानका विविध आयामलाई उजागर गर्नुका साथै पत्रकारिताका माध्यमबाट सहकारीको प्रवर्द्धन एवं खबरदारीमा उनको योगदान रहेको छ । उनि नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का कार्यसमिति सदस्य समेत हुन् ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार ०८:००