सुनको मुल्य तोलामा ५०० रुपैंयाले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ५०० रुपैंयाले घट्यो



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएकोमा बुधबार तोलामा ५०० सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मुल्य ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ । यता बुधबार चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार ११:०९