नेप्सेमा ३ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेप्सेमा ३ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार सुरु



काठमाडौं । बुधबारदेखि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ३ वटा नयाँ हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार सुरु भएको छ । स्पेसल प्रि ओपन सेसनमा मन्दाकिनी हाइड्रोपावर कम्पनीको पहिलो कारोबार २३७ रुपैयाँ ३० पैसामा खुला भएको छ ।

नेप्सेले यसको पहिलो कारोबारका लागि न्यूनतम १०२ रुपैयाँदेखि अधिकतम ३०६ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्जभित्र रहेर मन्दाकिनीको पहिलो कारोबार भएको हो । यसको चुक्ता पुँजीका आधारमा कायम ५८ लाख ८० हजार ३६९ कित्ता सेयर मंगलबार सूचीकरण भएको थियो । ‘एमएचएल’ संकेतमा कारोबार खुला भएको हो ।

यस्तै, श्वेत गंगा हाइड्रोपावर कम्पनीको पहिलो कारोबार २६९ रुपैयाँमा खुला भएको छ । नेप्सेमा सोही मुल्यको आधारमा नियमित कारोबार हुनेछ । नेप्से यसको ओपनिङ रेन्ज न्यूनतम ८९ रुपैयाँ ८८ पैसादेखि अधिकतम २६९ तोकेको थियो । सोही रेन्जको उच्चतम विन्दुबाट सेयर कारोबार सुरु भएको हो ।

यसको चुक्ता पुँजीका आधारमा कायम १ करोड ५९ लाख ३० हजार कित्ता सेयर मंगलबार सूचीकरण भएको हो । ‘एसजीएचसी’ संकेतमा श्वेत गंगाको सेयर कारोबार खुला भएको छ ।

यसैगरी अपर सोलु हाइड्रोको सेयर कारोबार पनि बुधबारदेखि खुला भएको छ । यस दिन स्पेसल प्रि ओपन सेसनमा अपर सोलुको पहिलो कारोबार ३३४ रुपैयाँ ६० पैसामा भएको हो । यसै भाउलाई आधार मानेर अब नियमित कारोबार हुनेछ । ‘युएसएचईसी’ संकेतमा कारोबार खुला भएको हो ।

यसको १ करोड ३५ लाख कित्ता सेयर मंगलबार सूचीकरण भएको थियो । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १०८ रुपैयाँ २१ पैसादेखि अधिकतम ३२४ रुपैयाँ ६३ पैसा तोकेको थियो । उक्त रेन्जको अधिकतम विन्दुबाट सेयर कारोबार सुरु भएको हो ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार ११:३४