गुराँस लाइफ इन्स्योरेन्सको खुद नाफा ४४.२७ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

गुराँस लाइफ इन्स्योरेन्सको खुद नाफा ४४.२७ प्रतिशतले बढ्यो



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा १७ करोड ५१ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो बर्षको तुलनामा खुद नाफा ४४.२७ प्रतिशतले बढाएको हो । अघिल्लो वर्ष इन्स्याेरेन्सले १२ करोड १३ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन भने गत आवमा १६.१३ प्रतिशतले घटेर ३ अर्ब ५ करोड रुपैयाँमा झरेको छ । अघिल्लो बर्षको यस अबधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क ३ अर्ब ६३ करोड ६८ लाख रुपैंया रहेको थियो । कम्पनीले नोक्सानी व्यवस्थाका लागि ६७ लाख ४० हजार रुपैयाँ छुट्याएको छ ।

गत आवसम्ममा कम्पनीको जगेडा कोषको रकम ९.०९ प्रतिशतले बढेर ५८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको जगेडामा ५३ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको इन्स्योरेन्सको जीवन बीमा कोषको आकार भने १७.५८ प्रतिशतले बढेर १२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यस अबधिमा बीमा कोषमा १० अर्ब ५९ करोड रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ७८ पैसा छ ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार १२:३०