सगुन डटकमले मिनी आइपिओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सगुन डटकमले मिनी आइपिओ जारी गर्ने



काठमाडौं, ३ पुस । अमेरिकामा बस्ने नेपालीहरुले संचालनमा ल्याएको सामाजिक संजाल सगुन डटकमले मिनी आइपिओ जारी गर्ने भएको छ । कम्पनीले मिनी आइपिओ मार्फत लगानी जुटाउन ८ लाख ६९ हजार ५ सय ६५ कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

दुई बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा वासिङ्टन डीसीमा केन्द्रीय कार्यालय राखी स्थापना भएको सगुनले मिनी आइपिओ मार्फत २० मिलियन अमेरिकी डलर अर्थात २ अर्ब नेपाली रुपैयाँ लगानी जुटाउन मिनि आईपिओ जारी गर्न लागेको हो । कम्पनीले शेयर मूल्य २३ डलर तोकेको छ । कम्पनीका अनुसार न्यूनतम १३ कित्ता शेयर खरिद गर्नुपर्नेछ । कम्पनीको शेयरमा विदेशमा रहेका नेपालीहरुले लगानी गर्न सक्ने छन् ।

अन्य सामाजिक सञ्जाल भन्दा फरक बन्दै कुनैपनि प्रयोगकर्ताले एकाउन्ट बनाएर सूचना आदान प्रदान गर्दा सगुनले प्राप्त गर्ने कूल रकमको ५ प्रतिशतले हुन आउने रकम प्रयोगकर्ता आफैंले प्राप्त गर्नसक्ने प्रावधान राखिएको छ ।

प्रकाशित : ३ पुष २०७३, आईतवार १२:४१