कुलमानको कमालः कुनै बेला तलब खान ऋण लिने विद्युत प्राधिकरणको नाफा १६ अर्ब १६ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कुलमानको कमालः कुनै बेला तलब खान ऋण लिने विद्युत प्राधिकरणको नाफा १६ अर्ब १६ करोड



काठमाडाैं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पाँच वर्षमा ३ गुणा विद्युत खपत गर्न सफल भएको बताएका छन। नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिक उत्सव को अवसरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन।

उनले कार्यक्रम मा बोल्दै हिजो तलब खान ऋण लिनुपर्ने अवस्थामा रहेको प्राधिकरण आज १६ अर्ब १६ करोड नाफा कमाएर आफ्नै दक्षतामा काम गर्न सक्ने भएको बताए। त्यसैगरी उनले प्राधिकरण चिन्तामा गएको घाटामा जाने थियो तर चिन्तनमा लागेर यति माथि आउन सफल भएको बताए ।

प्राधिकरणको सुरुवाती दिन राम्रो संकेतको रूपमा स्थापित भएको र कर्मचारी वृद्धि विकासमा फडको मार्न सफल भएको पनि बताए। उनले प्राधिकरणलाई उत्कृष्ट बनाउने गरी काम गरिने पनि बताए ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार १५:५८