सरकारले तलब बढाइदिएको छ, बोनसको आश नगर्नुस् : मन्त्री भुसाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सरकारले तलब बढाइदिएको छ, बोनसको आश नगर्नुस् : मन्त्री भुसाल



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई बोनसको आश नगर्न भनेकी छन् । प्राधिकरणले गत आर्थिक वर्षमा मनग्गे नाफा आर्जन गरेको हुँदा बोनस पाउनुपर्ने बताइरहँदा उनले सरकारले तलब बढाएको हुँदा त्यता नसोच्न आग्रह गरेकी हुन् । भुसाल सञ्चालक समितिको अध्यक्षसमेत हुन ।

उप्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएपछि कर्मचारीले बोनस पाउनुपर्ने माग राख्दै आएका पनि उक्त बोनस कर्मचारीहरुलाई वितरण नगर्ने बताएकी हुन् ।

उनले प्राधिकरण यो अबस्थामा आईपुग्दा विभिन्न उत्तरचढाव भोग्दै कोभिड अघि सबै कर्मचारीलाई बोनस बाडेकोमा कोभिड पछि देशको अर्थतन्त्र खस्किएको र विस्तारै सुधार हुँदै जादा प्राधिकरणको यो कमाइ सबै विद्युतकै पूर्वाधारमा लगानी हुने बताईन् । उनले भनिन्, ‘पहिला देशका सबै क्षेत्रमा विद्युत पुर्यायौं त्यसपछि बोनस र कर्मचारीका विषयमा सोचौं । बोनसको कुरा गर्दैगर्दा उनले भनिन्, सरकारले कर्मचारीको तलबभत्ता १५ प्रतिशत बढाएका कुरा विर्सेर त्यसका बाबजुत पनि बोनसको कुरा उठेको छ त्यो सुन्धा मलाई आश्र्चय लाग्छ । देशका ३ करोड जनता प्राधिकरणमा छिर्न नपाएर अरबको खाडीमा पसिना बगाउन पुगेका छन उनिहरुलाई सोच्नुस त’त्यसैले सरकार कर्मचारीप्रति सकारात्मक रहेको बताईन् ।

एउटा ट्रान्समिटर थप्न अझै महिनौ कुर्नुपर्ने अबस्था देशमा अझै विद्ययमान रहेको भन्दै आगामी दिनमा यस्तो सेवामा परिवर्तन गर्न जरुरी रहेको बताएकी छन । यस्तो गुनासो मन्त्रालयमा आउनेगरेकोले यस्तो काम गर्ने कर्मचारी शाखा प्रमुखलाई कारबाहीको दायरामा ल्याउन व्यबस्थापनलाई निर्देशन दिईन् ।

एक ठाउँमा ६ महिना देखि फ्रि फेजको माग भएको अझै पुरा नभएको उनले आक्रोश व्यक्त गरिन् । त्यसैगरी उले काम केन्द्रमा गर्ने तर भत्ता स्थानिय खाने यो प्रवृति राम्रो नभएको साथै सञ्चालन नै नभएको आयोजनामा जाने भत्ता प्रबृद्धिपनि रोक्नु पर्ने उनको भनाई थियो ।

प्राधिकरणले आर्थिक वर्ष (आव) २०७८/७९ मा १६ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको छ । साथै, संस्थाको वार्षिक आम्दानी १ खर्ब रुपैयाँ नाघेको, विद्युत चुहावटबाट मात्र २ अर्ब रुपैयाँ आम्दानी भएको, ९३ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको लगायत विवरण बाहिर ल्याएको छ ।

सोही क्रममा मन्त्री भुसालले प्राधिकरणमा लामो समयदेखि कार्यरत ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीका रूपान्तरण गर्ने निर्णय भएको र यससम्बन्धी कार्यविधि बनाएर छिट्टै कार्यान्वयनमा ल्याउने जानकारी दिइन् । कर्मचारीहरूको सेवा सुविधा र प्रोत्साहनमा आफू संवेदनशील रहेको तर केन्द्रमा बसेर कार्यस्थलको भत्ता खाने, भ्रष्टाचारजन्य गतिविधि गर्ने प्रति आफू कडा रूपमा प्रस्तुत हुने बताइन् ।

प्राधिकरणका अनुसार गत आवमा नाफा आर्जन गर्न सबैभन्दा बढी योगदान ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको रहेको छ । साथै, गत आवमा प्रणालीमा ७३५ मेगावाट विद्युत थप भएको जसमध्ये २७९ मेगावाट निजी क्षेत्रको योगदान रहेको उल्लेख छ ।

हालसम्म प्रणालीमा कूल जडित विद्युत क्षमता २१९० मेगावाट, विद्युत उपभोग गर्ने ग्राहक (सामुदायिक समेत) ५३ लाख तथा प्रतिव्यक्ति ऊर्जा खपत ३३० युनिट पुगेको प्राधिकरणको तथ्यांकको उल्लेख छ । गत वर्ष प्राधिकरणका आफ्ना विद्युतगृहबाट १६ प्रतिशत विद्युत बढी उत्पादन भएको, सोही अवधिमा ४५५ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको पनि जनाइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा कर्मचारीका माग तथा गुनासाहरू सम्बोधन गर्दै संस्थालाई अझ नाफामूलक बनाउने प्रतिबद्धता जनाए । यसै आवदेखि प्राधिकरणको सहायक कम्पनी नेपाल पावर ट्रेड कम्पनीले विद्युत निर्यात सुरु गर्ने पनि जानकारी दिए ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार २१:२९