प्राधिकरणद्धारा पुरस्कृत तथा सम्मानित हुने यी हुन उत्कृष्टहरु(नामावलीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्राधिकरणद्धारा पुरस्कृत तथा सम्मानित हुने यी हुन उत्कृष्टहरु(नामावलीसहित)



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३७औं वार्षिकोत्सवको अवसरमा १७ कार्यालय तथा आयोजनासहित १५ कर्मचारीलाई सम्मान गरेको छ । संस्था सुधार, व्यवस्थापना तथा चुहावट नियन्त्रणमा योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरेको हो ।

प्राधिकरणको बुधबार सम्पन्न वार्षिकोत्सव समारोहमा आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट कार्य गरेको मूल्याङ्कन स्वरूप १२ हजार कर्मचारीमध्ये १५ कर्मचारीलाई सम्मान गरेको प्राधिकरण जनसाधन विभागका निर्देशक शिवकुमार अधिकारीले बताए । उनका अनुसार सम्मानित कर्मचारीहरूलाई २५ हजार रुपैयाँसहित सम्मानपत्र दिएर सम्मानित गरिएको छ ।

सम्मान प्राप्त गर्ने कमचारीहरूमा वर्षभरि उच्च परिमाणमा विद्युत उत्पादनमा क्रियाशील रहेकाे भन्दै कालीगण्डकी ए जलविद्युत केन्द्रका प्रमुख पशुपतिराज गौतम परेका छन् । उनलाई जलविद्युत केन्द्रमा जडान गरिएको उपकरणको नियमित मर्मत संभार गरी हालसम्मकै बढी ९७४.८ गिगावाट घन्टा विद्युत उत्पादन गरेको, अन्य जलविद्युत केन्द्रमा समस्या पर्दा तत्काल गएर समाधान गरेकोलगायतका उत्कृष्ट काम गरेकोले सम्मान गरिएको हो ।

यस्तै, प्रणाली योजना विभागका मनिलनिधी तिवारीलाई आन्तरिक तथा क्रस बोर्डर प्रसारण लाइन तयार गरेको, नेपाल भारतको अध्ययन गरी प्रतिवेदन तयार गरेको र आवमा ६२ वटा जलविद्युत आयोजनाको २१६ मेगावाटको जिआइएसको कार्य निर्धारित समयमै सम्मन्न गरेको भन्दै सम्मान गरिएको हो ।

केन्द्रीय वर्कसप हेटौंडाका बुद्धिनाथ झा, आयोजना व्यवस्थापन निर्देशनालयका दीपककुमार भण्डारी, सामुदायिक विद्युतीकरण विभागका जयराम आचार्य, वीरगन्ज वितरण केन्द्रका राजेशकुमार झा, जनशक्ति योजना तथा विकास शाखाका महेश्वर सत्याल, भक्तपुर–बानेश्वर–पाटन प्रसारण लाइन क्षमता अभिवृद्धि आयोजना प्रमुख शिवराम ताम्राकार, प्रणाली सञ्चालन विभागका प्रभातकुमार पंकजलाई सम्मान गरिएको छ ।

प्रदेश–१ को प्रादेशिक कार्याल विराटनगरका आशुहाङ राई, केन्द्रीय भुक्तानी महाशाखाका नारायणप्रसाद न्यौपाने, कार्यकारी निर्देशकको सचिवालयका उपेन्द्र शिवाकोटी, सल्यान वितरण केन्द्रका विष्णु पाण्डे, त्रिशूली जलविद्युत केन्द्रमा कार्यरत सिकन्दर कापर र भक्तपुर वितरण केन्द्रकी सहयोगी धककुमारी पौडेल छन् ।

यस्तै, वर्षभरी उत्कृष्ट कार्य गरेका प्राधिकरणका १७ कार्यालय वा आयोजनालाई सम्मानस्वरुप कदरपत्र प्रदान गरिएको छ । कदरपत्र पाउनेमा चमेलिया जलविद्युत केन्द्र, गण्डक जलविद्युत केन्द्र, माटो ढुंगा तथा कंक्रिट प्रयोगशाला, डडेलधुरा वितरण केन्द्र, मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुर, बर्दघाट वितरण केन्द्र, घोराही वितरण केन्द्र छन् ।

रुकुम वितरण केन्द्र, मिर्चैया वितरण केन्द्र, काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना, काठमाडौं–मर्स्याङ्दी प्रसारण लाइन, लमही–घोराही प्रसारण लाइन तथा सबस्टेसन विस्तार आयोजना, कोसी कोरिडोर प्रसारण लाइन (तुम्लिङ्टार–इनरुवा खण्ड) आयोजना, सोलु कोरिडोर प्रसारण लाइन आयोजना, सामान्य सेवा विभाग, सिमरा वितरण केन्द्र, बुर्तिबाङ–मोतिपुर–सन्धिखर्क प्रसारण लाइन आयोजना उत्कृष्ट कार्य सम्पादन गरेर सम्मानित भएका छन् ।

प्रकाशित : २ भाद्र २०७९, बिहीबार १०:५९