सम्पूर्ण सेवा बन्द गर्दै सिडिएस, यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सम्पूर्ण सेवा बन्द गर्दै सिडिएस, यस्तो छ कारण



काडमाडाैं । साँझबाट सिडीएस एण्ड क्लियारिङ (सिडीएससी) को सम्पूर्ण सेवाहरु अवरुद्द हुने भएको छ । सिडीएससीले सिंहदरवार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण (Rack Migration) गर्नु पर्ने भएकोले सेवाहरु अवरुद्द हुने जनाएको हो ।

सिडीएससीका अनुसार आज भदौ २ साँझ ५.३० देखि अधिकतम एक दिन सम्म सिडीएससीले सञ्चालन गरेका मेरोशेयर, सीआश्वा, Web CDAS, CNS लगायतका सम्पूर्ण सेवा हरू अवरुद्ध हुने छ।

उक्त समयमा लगानीकर्ताले आईपिओ तथा हकप्रदमा आवेदन दिन, शेयर ट्रान्सफर गर्न , पोर्टफोलियो हेर्न तथा सिडीएससीले सञ्चालन गरेका मेरोशेयर, सीआश्वा, Web CDAS, CNS लगायतका सेवा प्रयोग गर्न पाउने छैनन् ।

प्रकाशित : २ भाद्र २०७९, बिहीबार १३:१६