मनाङको चामेमा प्रभू बैंकको शाखा,गभर्नरले गरे उद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मनाङको चामेमा प्रभू बैंकको शाखा,गभर्नरले गरे उद्घाटन



काठमाडौ । प्रभू बैंकले मनाङ जिल्लाको चामेमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी आइतबारदेखि संचालनमा ल्याएको छ । यूके एडको सहकार्यमा संचालित सक्षम कार्यक्रमको सहकार्यमा बैंकले सो स्थानमा नयाँ शाखा संचालन गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिवि नेपालले एक समारोहका बीच सो शाखा कार्यालयको उद्घाटन गरेका बैंकले जनाएको छ । सो क्षेत्रमा शाखा उद्घाटनसँगै सो आसपासको धारापानी, अपर मनाङ, ताल, ढुकुरपोखरी र पिसाङमा शाखारहित बैंकिङ्ग सेवा पनि आइतबारदेखि नै संचालनमा ल्याइएको बताइएको छ ।

मनाङमा बैंकको शाखा र शाखारहित सेवा विस्तार भएको हुँदा सो क्षेत्रका बासिन्दाले सरल र सहज रुपमा सम्पूर्ण बैकिङ सुविधा प्राप्त गर्ने र यसले मनाङ जस्तो विकट क्षेत्रमा बैकिङ सचेतना पनि फैलाउने बैंकले अपेक्षा गरेको छ ।

प्रकाशित : ३ पुष २०७३, आईतवार १५:५१