नेपाल टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याक, यसरी गर्नुस् सदुपयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेपाल टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याक, यसरी गर्नुस् सदुपयोग



काठमाडाै‌ । नेपाल टेलिकमले ग्राहकको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ। हिजो भदौ १ गतेदेखि लागू भएको यस प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ।

इन्डिया भ्वाइस प्याक– डेली अफरअन्तर्गत २४ घन्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध छ। त्यसैगरी विक्ली अफरअन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफरअन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश रु. २५९ मा र रु. ७५९ मा उपलब्ध छन्।

एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ। यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट *1415# डायल गरी ७ नम्बर छनौटपश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ।

प्रकाशित : २ भाद्र २०७९, बिहीबार १५:५३