सोल्टी होटलको खुद नाफा २०२.१६ प्रतिशतले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सोल्टी होटलको खुद नाफा २०२.१६ प्रतिशतले बृद्धि



काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ३७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा २०२.१६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ४५ करोड ३९ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा २२ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा रहेको होटलले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३० करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ।

त्यसंगरी होटलको जगेडा कोषमा ८९ करोड १२ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो बर्षको सोहि अवधिसम्ममा होटलको ५८ करोड ९६ लाख रुपैंया जगेडा कोषमा रकम जम्मा गरेको थियो ।

गत असारमसान्तसम्ममा ८४ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६७ पैसा ऋणात्मकबाट बढेर ३ रुपैयाँ ५८ पैसा पुगेको छ।

असार मसान्तसम्ममा होटलको प्रतिशेयर नेटवर्थ २० रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५६।५७ गुणा रहेको छ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार ११:३३