अब कुमारी बैंकबाट शेयर आवेदन दिदा आश्वा शुल्क नलाग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

अब कुमारी बैंकबाट शेयर आवेदन दिदा आश्वा शुल्क नलाग्ने



काठमाडाैं । कुमारी बैंकबाट प्राथमिक शेयरमा आवेदन दिँदा आश्वा शुल्क नलाग्ने भएको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी सम्पूर्ण खाताहरुमा सीआश्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

यससँगै लगानीकर्ताले बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका विभिन्न धितोपत्रमा आवदेन दिँदा कुनै पनि शुल्क तिर्नुपर्दैन ।

ग्राहकहरुको हित तथा पुँजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंकले सो छुट ल्याएको हो । यसबाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत कुमारी बैंकका सम्पूर्ण खाताधारकहरु लाई विशेष लाभ प्राप्त हुने विश्वास गरिएको छ ।

बैंकले हाल १९७ शाखा, १९१ एटीएम, ४९ शाखारहित बैंकिङ्ग इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ । साथै, आगामी दिनमा पनि थप प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने बैंकको प्रतिवद्धता छ ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार १३:१९