५ अर्ब ९४ करोड रुपैयाँ सहुलियत ऋण दिन विश्व बैंक सहमत



काठमाडौँ ३  पुस । विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप ५ अर्ब ९४ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्याल र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौताअनुसार उक्त रकम परियोजनाअन्तर्गतका सडक र पुल विकास, संस्थागत सवलीकरण तथा परियोजना कार्यान्वयन र सवलीकरण अभिवृद्धिमा खर्च गरिने जनाइएको छ ।

परियोजनाका समयमा विभिन्न २१ वटा क्रियाकलाप गरिने र परियोजनाको समाप्तिसँगै विभिन्न ३१ जिल्लामा बाह्रै महिना सडक पहुँच, यात्रा समयमा कटौती र आर्थिक केन्द्रको सुधार तथा सामाजिक सेवा पुग्ने विश्वास लिइएको छ ।

परियोजना कार्यान्वयका क्रममा ७०० किमी सडकको स्तरोन्नति र दुई हजार ५५० किमी रणनीतिक सडक मर्मत गरिने अर्थमन्त्रालयले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गको सडक विभागले कार्यान्वयन गर्ने उक्त आयोजनामार्फत गत वर्षको भूकम्पमा भत्किएका पुल एवम् विभिन्न ३३ वटा रणनीतिक पुल प्रतिस्थापन गरिने छ ।

सम्झौतापछि महाशाखा प्रमुख अर्यालले विश्व बैंकबाट प्राप्त हुने रकमले ग्रामीण अर्थतन्त्रलाई सवल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै त्यसले समग्र यातायात प्रणालीमा सुधार आउने बताए ।

त्यसैगरी विश्व बैंकका प्रबन्धक कामाताले सडक विस्तारसँग त्यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

राष्ट्र उत्थान लघुवित्तले बोलायो साधारणसभा, एफपिओ निष्कासन गर्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ

गरिमा विकास बैंकद्धारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक

काठमाडाै । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास

चिकित्सकले तोके स्वास्थ्य परिक्षणको शुल्क

काठमाडौँ। अस्पतालको बहिरङ (ओपिडी) शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन