यसरी बने योग गुरु रामदेव ठूला व्यापारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यसरी बने योग गुरु रामदेव ठूला व्यापारी



योग गुरु बाबा रामदेवको जन्म भारतको हरियाणा राज्यको महेन्द्रगढ जिल्लामा पर्ने अली सैयदपुर गाउँमा भएको हो । परिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर भएकोले रामदेवले विद्यालयस्तरसम्म औपचारिक शिक्षा हासिल गर्न पाएनन् । उनी आफ्ना साथीहरुसँग सापटी मागेर किताब पढ्ने गर्देथे । बाल्यावस्थामा उनी आफ्नो धेरै सयम खेतमा काम गरेर विताउँथे । उनका बुवा सामान्य किसान थिए ।

भारतीय योग गुरु बाबा रामदेव अहिले विश्वभर चर्चित छन् । उनी चर्चित योग गुरुसँगै अर्बपति उद्योगी पनि हुन् । ‘पतंजली’ नामको उनको कम्पनीमा अहिले दैनिक करोडौंको कारोबार हुन्छ । तर, धेरै कम मानिसलाई थाहा होला उनी पहिले साइकलमा गाउँ गाउँ डुलेर आयुर्वेदिक औषधीहरु बेच्ने गर्दथे । रामदेव र नेपाली मुलका आचार्य बालकृष्ण सँगै साइकलमा गाउँ गाउँ डुलेर आयुर्वेदिक औषधी बिक्री गर्ने गर्दथे ।

रामदेव पहिले धेरै मोटा थिए । मोटोपनाका कारण उनी धेरै बिमार पनि हुन्थे । उनलाई साथीले ‘मोटे’ गिज्याउँथे । त्यसपछि उनी मोटोपना घटाउनका लागि गाउँमा सञ्चालन हुने योगशिविरमा जान थाले । जसबाट उनी योगसँग जोडिए ।

योगमा आकर्षण बढेसँगै रामदेव घरबाट भागेर खानपुरस्थित एक गुरुकुल स्कुलमा भर्ना भए । त्यहाँ उनले आचार्य प्रद्युम्न र योगाचार्य बलदेवसँग योगको शिक्षा लिए ।

गुरुकुलमा केही समय विताएपछि रामदेव हिमालयतर्फको यात्रामा लागे । ५ सालको हिमालय बसाइपछि उनी हरिद्वारा पुगे । हरिद्वारा पुगेर रामदेवले आफू सन्यासी बन्ने घोषणा गरे । हरिद्वारमा आफ्ना गुरु शंकरदेवको आश्रममा बस्ने गरेका रामदेवले त्यहाँ योग शिक्षा दिन पनि सुरु गरे । रामदेव आश्रममा उत्पादन हुने आयुर्वेदिक औषधी बिक्रीका लागि पनि नजिकैका गाउँहरु पुग्ने गर्थे । गुरुकुल बस्दाका आफ्ना सहयात्री आचार्य बालकृष्णलाई पनि रामदेवले औषधी बिक्री गर्न गाउँमा आफूसँगै लैजान्थे ।

शंकरदेवले सञ्चालन गरेको दिव्य योग ट्रस्टको जिम्मेवारी पनि विस्तारै रामदेवले सम्हाल्न थाले । योग शिविर सञ्चालनमा बालकृष्णले उनलाई सहयोग गर्दथे ।

रामदेव पहिले योग शिविरबाट लाइभ टेलिकास्ट गरेर आफ्ना सेन्दशहरु आम मानिससम्म पुर्याउँथे । पछि विस्तारै उनका शिविरहरुमा स्थानीय र केन्द्रीय स्तरका भारतीय नेताहरु आउन थाले । योगलाई  रोगको उपचार गर्ने विधिका रुपमा प्रचार गरेपछि उनको चर्चा चल्न सुरु भयो ।

यसरी फैलियो कारोबार

सुरुको अवस्थामा रामदेव मात्र जडिबुटीको कारोबार गर्थे । बिस्तारै बिस्तारृै अायुर्दिक अाैषधी र अहिले दैनिक उपभोग्य वस्तुहरु बनाउन थाले ।  उनको कारोबारले अाज भारतमा निकै धुम मचाइसकेको छ भने अन्या प्रसिद्ध कम्पनीहरुलाई समेत पछाडि पारेको छ । जागरणबाट

प्रकाशित : ४ पुष २०७३, सोमबार १३:०३