कृषि विकास बैंकको ब्राण्ड एमबेस्डरमा दिपक राज गिरी र दिपा निरौला नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषि विकास बैंकको ब्राण्ड एमबेस्डरमा दिपक राज गिरी र दिपा निरौला नियुक्त



काठमाडौं, ५ पुस  । कृषि विकास बैंक लिमिटेडको ब्राण्ड एमबेस्डरमा दिपक राज गिरी र दिपा निरौला नियुक्त भएका छन् । कृषि विकास बैंक र आमा सरस्वती मूभिज प्रा.लि.संचालकबीत बैंकले उपलब्ध गराउने सेवा सुविधाहरुको बारेमा शहर देखि गाउँ सम्मका आम जनसमुदाय तथा ग्राहक समक्ष पुर्याउन दिपक । दीपालाई ब्राण्ड एम्बेसडर नियुक्त गर्ने विषयमा सोमबार सम्झौता भएको हो ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकास सिटौलाको सम–उपस्थिीतिमा सो सम्झौतामा कृषि विकास बैंक लि.का तर्फबाट उप–महाप्रबन्धक दिलिप सिंह थापा र आमा सरस्वती मूभिज प्रा.लि. को तर्फबाट दिपक राज गिरी र दिपा निरौलाले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात बैंकले पु¥याउंदै आएको बैंकिङ्ग सेवा सुविधा लगायत भविष्यमा उपलव्ध हुन सक्ने थप सेवा सुविधाहरुको बारेमा सजिलै जानकारी गराउन सकिने भएको छ । उक्त अवसरमा कृषि विकास बैंक लि.का उप–महाप्रबन्धकहरु शेषरमण आचार्य , नरेश कुमार रोका , विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ, शाखा प्रमुख हिमलाल पौडेल, श्री नारायण आचार्य र शा.अ.श्री खेटराज दाहाल, तारा न्यौपाने, अहिल्या अमात्य र शान्ता सुवेदी समेतको उपस्थिती थियो ।

प्रकाशित : ५ पुष २०७३, मंगलवार ०३:१५