अरुण काबेलीको आईपिओ बाँडफाँट हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अरुण काबेलीको आईपिओ बाँडफाँट हुँदै



काठमाडौं, ५ पुस  । अरुण काबेली पावर लिमिटेडको साधारण शेयर (आईपिओ) आज बाँडफँाट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार दिउँसो ३ बजे ट्रेड टावर थापाथली अरुण काबेलीको कार्यालयबाट बाँडफाँट हुने छ ।

३० करोड रुपैंयाको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको अरुण काबेली पावर लिमिटेडमा १२ अर्ब रुपैंयाको आवेदन परेको छ । कम्पनीको शेयर१ लाख ४० हजार आवेदनबाट ४० गुणा बढी आवेदन परेको थियो ।

अरुण कावेलीले सर्वसाधारणका लागि कात्तिक ९ देखि कात्तिक १२ गतेसम्म ३० लाख कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने कोबली नदीमा काबेली बी वान नामक २५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित : ५ पुष २०७३, मंगलवार ०५:४९