क्यानाडाका नेपाली पर्यटन दुत टण्डनले गरे एनआरएनसँग सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

क्यानाडाका नेपाली पर्यटन दुत टण्डनले गरे एनआरएनसँग सम्झौता



काठमाडौं । विश्वका विभिन्न देशमा नेपालको पर्यटन प्रवद्र्धन तथा प्रचार गर्न नेपाल पर्यटन बोर्ड, क्यानाडा र ग्लोबल एनआरएन क्यानाडाबीच एक सम्झौता भएको छ।

क्यानाडाका लागि नेपालको पर्यटन बोर्डका पर्यटन दूत नरबहादुर टण्डन र ग्लोबल एनआरएन क्यानडाका सभापति अञ्जनीराज भट्टराईबीच सम्झौता भएको हो। कोरोना महामारीका कारण शिथिल भएको नेपालको पर्यटन क्षेत्रलाई माथि उठाउन साथै युरोप–अमेरिकालगायतका देशमा नेपालको पर्यटन प्रवद्र्धनका लागि हुने विभिन्न कार्यक्रमहरु संचालन गर्न सम्झौता गरिएको पर्यटन दूत टण्डनले जानकारी दिए । ‘मुल उद्देश्य भनेको उत्तर अमेरिका र नेपालबीचको पर्यटनलाई विस्तार गर्न आपसी सम्झौता गरेका हौं । सम्झौतामा के के गर्ने भन्ने विषयमा आपसी सल्लाह र परामर्शमा जारी राखेका छौं,’ उनले भने ।

नेपालको पर्यटनसँग सरोकार राख्ने र नेपालको हित गर्ने कुनै पनि विषयमा नेपाल तथा उत्तर अमेरीकामा सन् २०२४ सम्म सहकार्य गर्ने विषयमा हस्ताक्षर गरिएको पनि टण्डनले जानकारी दिए । पर्यटनदूत टण्डनले एक दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनका लागि व्यक्तिगत तथा संस्थागत रुपमा क्रियाशील छन् ।

उनले आफ्नो निजी खर्चमा विगत १० वर्षदेखि उत्तर अमेरिकाभर गुड्ने आफ्नो टक्रमा नेपाल झल्कने गरी पोष्टर राखेर प्रर्वद्धन गर्दै आएका छन्। उनको यस्तो प्रयासपछि उनलाई पर्यटन बोर्ड क्यानाडाले पर्यटन दूत नियुक्त गरेको हो।

ग्लोबल एनआरएन क्यानडाले आफ्नो कामको मूल्यांकन गरेर सहकार्य गर्न गरेको प्रस्तावले खुशी तुल्याएको पनि टण्डनले प्रतिक्रिया दिए । ‘सम्झौताले आफूलाई मात्र नभएर नेपाल पर्यटन बोर्ड क्यानाडालाई हौसला मिलेको छ । नेपालको कला, सँस्कृति र नेपाल झल्कने गरी विधि कार्यक्रम गर्न प्रेरणा मिलेको छ,’ टण्डनले भने । टण्डनले नेपालमा हुने विपत्ति साथै गरिब दुःखी र असहाय का लागि पनि क्यानाडा बसेर सहयोग जुटाउँदै आएका छन् ।

प्रकाशित : १६ भाद्र २०७९, बिहीबार १४:२९