एनसिसी र बुम रेमिटवीच रेमिटान्स भुक्तानी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

English

एनसिसी र बुम रेमिटवीच रेमिटान्स भुक्तानी सम्झौता



काठमाडौ ६ पुस । नेपाल क्रेडिट एण्ड कर्मस बैंक र बुम रेमिट्यान्सबीच बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम नेपाल क्रेडिट एण्ड कर्मस बैंकका सबै शाखामार्फत भुक्तानी गर्ने सम्झौता भएको छ । यसका साथै बुम रेमिट सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्यसमेत हुने सम्झौतामा छ ।

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कर्मस बैंकका तर्फबाट प्रमुख कार्येकारी अधिकृत  रमेशराज अर्याल र बुम रेमिट्यान्सका प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ३ हजार ८ सयभन्दा बढि प्रतिनीधी छन् ।

बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । चाँडै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

प्रकाशित : ६ पुष २०७३, बुधबार ०५:३५