लगानीका लागि तयार रहनुहोस् , हिमालयन ऊर्जा विकासले ल्याउदै छ २४ करोड ७५ लाखको साधारण सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लगानीका लागि तयार रहनुहोस् , हिमालयन ऊर्जा विकासले ल्याउदै छ २४ करोड ७५ लाखको साधारण सेयर



काठमाडौं ६ पुस । पैसा छ तर,लगानी  कता गर्ने भनेर अलमलमा हुनुहुन्छ ? त्यसो हाे भने लगानी गर्न चहानेहरुका लागि  खुसीकाे खबर छ । जलविद्युत् आयोजना प्रबद्र्धक हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणलाई सेयर निश्कासन गर्ने भएको छ । कम्पनीको १६ औं वार्षिक साधारणसभाले २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई निश्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले एक महिनाभित्र बिक्री प्रवन्धक नियुक्त गरेर सेयर निश्कासनको काम अघि बढाउने प्रवन्धक प्रकाश दुलालले जानकारी दिए । उनका अनुसार यसमध्ये ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई दिने भएको छ । यस्तै १४ करोड ७५ लाख रुपैयाँ बराबरको १४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई निश्कासन हुनेछ ।

कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती आयोजना निर्माण गरिरहेको छ । उपल्लो खिम्ती ०७५ सालको असार र माथिल्लो खिम्ती सोही वर्षको भदौसम्म सम्पन्न हुने दुलाले बताए । दुबै आयोजना बनाउन ३ अर्ब १५ करोड रुपैयाँ लाग्ने छ । आयोजनाको सिभिल निर्माणको काम तिब्र गतिमा अघि बढेको उनले जानकारी दिए । यस्तै आयोजनाको इलेक्ट्रोमेकानिकल लगायत अन्य काम पनि भइरहेको छ । आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्तीखोलामा छ ।

प्रकाशित : ६ पुष २०७३, बुधबार १०:३९