नेको इन्स्योरेन्सलाई हकप्रद निश्कासनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेको इन्स्योरेन्सलाई हकप्रद निश्कासनको अनुमति



काठमाडाै ६ पुस । नेपाल धितोपत्र बोर्डले नेको इन्स्योरेन्स कम्पनी लिमीटेडलाई सतप्रतिशत अर्थात १ बराबर एकको अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ ।

साधारणसभाबाट पारित भएको ८ महिनापछि मात्र नेकोले हकप्रद निश्कासनको अनुमति बोर्डबाट पाएको हो । यो कम्पनीको हकप्रद सेयर निश्कासन तथा व्यवस्थापनको काममा एनएमबी क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको भूमिका निभाउने छ ।

नेको इन्स्योरेन्सको २०७२ चैत १२ गते सम्पन्न २० औं वार्षिक साधारणसभाले १ बराबर १ को अनुपातमा कुल ३२ लाख ४० हजार ४ सय ३६ कित्ता हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो ।

एनएमबी क्यापिटलका अनुसार हकप्रद सेयर भर्नेहरुले बोनस सेयर भने पाउने छैनन् । यो इन्स्योेरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर वितरणको यसअघि नै घोषणा गरेको छ । यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।

यो बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५० लाख खूद नाफा आर्जन गरेको छ । यसको चुक्तापूँजी ३२ करोड ४० लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर र सतप्रतिशत हकप्रद सेयर जारी भएपछि यसको चुक्तापूँजी ७१ करोड २८ लाखको उचाईमा पुुग्नेछ । नेको इन्स्योरेन्सको हकप्रदलाई इक्रा नेपालले आइपीओ ग्रेड ३ को रेटिङ प्रदान गरेको छ ।

प्रकाशित : ६ पुष २०७३, बुधबार १५:३३