बैतडीमा स्वास्थ्य बीमा को दर्ता प्रक्रिया सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैतडीमा स्वास्थ्य बीमा को दर्ता प्रक्रिया सुरु



बैतडी, ७ पुस । बैतडीमा पहिलोपटक आज बिहिबारदेखि स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु हुने भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु भएको जानकारी दिएको हो ।

देशका तीन जिल्ला कैलाली, बाग्लुङ र इलाममा सञ्चालन गरिएको यो कार्यक्रम सुदूरपश्चिमका बैतडी र अछामसहित २५ जिल्लामा विस्तार गरिने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले बताउए।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले रु दुईहजार पाँचसय जम्मा गर्नुपर्ने र एक वर्षसम्म रु ५० हजार उपचार निःशुल्करुपमा प्राप्त गर्ने निर्देशक लोहनीले जानकारी दिए । यस्तै, पाँचजना भन्दा बढी परिवारका सदस्य भएमा रु चारसय २५ का दरले थप शुल्क तिर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित : ७ पुष २०७३, बिहीबार ०३:३०