डिजिटल नेपाली कांग्रेस एप्स सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डिजिटल नेपाली कांग्रेस एप्स सुरु



काठमाडौं ७ पुस ।  नेपाली कांग्रेसले डिजिटल नेपाली कांग्रेस एप्स सुरु गरेको छ । कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलको सचिवालयले संचालन गर्ने गरी एप्सको सुरुवात गरिएको हो ।

गुगल प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिने उक्त मोबाइल एप्समा कांग्रेस केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला सभापति, नगर, क्षेत्रीय समिति, कांग्रेसका कार्यालयहरुको वारेमा संक्षिप्त जानकारी, गतिविधी र फोन नम्बर उपलब्ध रहेको छ ।

यस एप्स नेपाली कांग्रेसको वारेमा जान्न चाहने र कांग्रेसका सबै तहमा रहेका व्यक्तिलाई लाभदायी हुने अपेक्षा कांग्रेसले लिएको छ ।

प्रकाशित : ७ पुष २०७३, बिहीबार ०५:५०