नयाँ स्टकलाई लाइसेन्स दिने बाटो खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बिशेष

नयाँ स्टकलाई लाइसेन्स दिने बाटो खुल्यो



काठमाडाै। मन्त्रिपरिषदले धितोपत्र बजार संचालन विनियमावली-२०६४ स्वीकृत गरेसँगै नयाँ स्कट एक्सचेञ्ज ल्याउन बाटाे खुलेको छ । निजि कम्पनीले समेत लगानी गर्न पाउने गरि अर्को स्टक एक्सचेन्ज ल्याउने गरि गरिएको संशोधन प्रस्ताव पनि मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा चौथो संशोधन र धितोपत्र बजार संचालन नियमावली, २०७४ मा पहिलो संशोधन स्वीकृत गरेको हो । नेपाल धितोपत्र बोर्डले उक्त नियमावली संशोधन गरि अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पठाएको थियो ।

धितोपत्र बजार सञ्चालन नियमावली २०६४’ संशोधन गरी प्राइभेट लिमिटेड कम्पनीले पनि स्टक एक्सचेन्जमा लगानी गर्न सक्ने व्यवस्था थपेर अर्थमन्त्रालय पठाइएको थियो । सोहि नियमावली मन्त्रिपरिषदले स्वीकृत गरेको हो । अब खुल्ने स्टकमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, प्राइभेट कम्पनी, पब्लिक लिमिटेडले १५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् ।

लाइसेन्सका नाममा चुनावी खर्चको जोहो गर्न लागेको भन्दै सेबोनका अध्यक्ष हमाल र अर्थमन्त्री जनार्दन शर्माको व्यापक आलोचना भइरहेको छ ।

प्रकाशित : २३ भाद्र २०७९, बिहीबार १८:२२