सहकारीमा समस्या आए जिम्मेवारीबाट नपन्छिन विभागको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीमा समस्या आए जिम्मेवारीबाट नपन्छिन विभागको निर्देशन



काठमाडौं । केही सहकारी संस्थाहरुमा समस्या आउन थालेपछि सञ्चालकहरु जिम्मेवारीबाट अलग गराईपाउ भनि सहकारी विभागमा आउन थालेका छन् । विभागले आइतबार सुचना जारी गर्दै त्यस्ता संचालकलाई विभागले संचालक सदस्यको सामूहिक जिम्मेवारी र जवाफदेहिता रहने भन्दै जिम्मेवारीबाट नपन्छन निर्देशन दिएको हो।

सञ्चालक सदस्यले अध्यक्ष वा व्यवस्थापक वा अमुक व्यक्तिलाई जिम्मेवारी पन्छाएर आफू अलगक रहन नपाउने भन्दै विभागले प्रत्येक सञ्चालक सदस्यले संस्थाको हरेक क्रियाकलापमा चासो राख्न निर्देशन दिएको हो ।

सहकारी संस्थाहरु सामूहिक जिम्मेवारीमा रहने हुँदा सदस्यको बृहत्तर हितमा केन्द्रित रही संस्थालाई बलियो बनाउन सामूहिक प्रतिवद्दताका साथ कार्यसम्पादन गर्न गराउन विभागले निर्देशन गरको छ ।

प्रकाशित : २६ भाद्र २०७९, आईतवार २०:४१