सिनर्जी पावरको २१ लाख कित्ता आईपीओ निष्काशन, कहाँबाट दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिनर्जी पावरको २१ लाख कित्ता आईपीओ निष्काशन, कहाँबाट दिने आवेदन ?



काठमाडौं,  ८ पुस  । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता साधारण शेयर  निष्काशन गरेको छ । कम्पनीको साधारण शेयरमा लगानीकर्ताले पुस ८ गतेबाट छिटोमा पुस १२ गते र ढिलोमा २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले ३ प्रतिशत अर्थात ६३ हजार कित्ता साधारण शेयर कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ५ हजार कित्ता साधारण शेयर सामुहिक लगानीकोषहरुको लागि बाडँफाडँ गरेको छ ।

लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले न्युनतम ५० कित्ता अर्थात् ५००० रुपैयाँ र अधिकतम २१ हजार कित्ता अर्थात २१ लाख रुपैयाँसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा वि

क्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसत भन्दा केहि कमजोर रहेको जनाउँछ । लगानी गर्न चाहने आवेदकले नक्सालमा रहेको कम्पनीको कार्यालय, नक्सालमा नै रहेको बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय र सानिमा बैंकका सबै शाखाहरुमा सम्पर्क राख्नु पर्ने हुन्छ ।

प्रकाशित : ८ पुष २०७३, शुक्रबार ०२:३८