डेंगु रोगबाट बच्न कर्मचारीहरुलाई पूरा बाहुला भएका पोसाक लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

डेंगु रोगबाट बच्न कर्मचारीहरुलाई पूरा बाहुला भएका पोसाक लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीहरुलाई कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै डेंगु रोग लाग्न नदिन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा यस्तो अनुरोध गरेको हो ।

सूचनामा डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन मन्त्रालयले आग्रह गरेको हो ।

नेपालमा हाल देखापरिरहेको डेंगु रोगको प्रकोपलाई मध्यनजर गर्दै यसको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ । डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा ुखोज र नष्ट गरु अभियानलाई तिब्र बनाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

डेंगु रोगको बारेमा सन्देशमुलक सूचना सामाग्रीको प्रकाशन र प्रसारण भइरहेको र डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक तथा विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरु गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार १४:२२